प्रतिबन्धित भारु ५ सय र हजारबारे के भन्छन बिल्गेट्स ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 11:41:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारु ५ सय र हजारका नोट प्रतिबन्ध गरी नयाँ नोट संचालन गर्ने निर्णयले भारत लगायत विश्वका कयौं मुलुकमा 'हङ्गामा' भएको छ। खुला सिमाना र भारतसंग निर्भर रहेको नेपालजस्तो मुलुकमा प्रतिबन्धित भारुका कारण प्रत्यक्ष प्रभाब परेको छ। 

नेपालका बाणिज्य बैंकहरुसंग रहेको प्रतिबन्धित भारु सटहीमा कुरो मिलेपनि सर्वसाधारण जनतासंग रहेका प्रतिबन्धित भारु बारे अहिले सम्म अन्यौलता रहेको छ। यद्दपी नेपाल राष्ट्र बैंकको पहलमा सर्वसाधारण जनतासंग रहेको करिब २ अर्ब (अनुमानित) प्रतिबन्धित भारु सटही गर्ने प्रक्रिया तिब्र रुपमा अघि बढेको बुझिएको छ। 

भारु कसरी र कुन प्रकृयाबाट सटही गर्ने भन्ने बारे राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरुसहितको एक कार्यदल बनाएको बुझिएको छ। उक्त कार्यदलले प्रतिबन्धित भारु सटहीको मोडालिटी तयार गरी नेपालमा रहेको भारतीय दुतावास मार्फत भारत सरकारलाई पठाउने छ। 

नोटबन्दीको निर्णय, कागजी मुद्रादेखि डिजिटल लेन–देनको एक कदम: बिल गेट्स 

भारतमा ५ सय र एक हजारको पुरानो नोटबन्दी भएपछि सबैले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । कसैले यसलाई सकारात्मक त कसैले चर्को आलोचना गरेका छन। यहि क्रममा संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले के सोच्छन् भनेर बीबीसी संवाददाता जस्टिन रोलेटले यस विषयमा बिलको धारणा लिएका छन। बिल गेट्सले भारत सरकारको नोटबन्दीको निर्णयलाई कागजी मुद्रादेखि डिजिटल लेन–देनको एक कदम भएको बताएका छन।  
 
यदि मानिसहरुलाई डिजिटल दुनियाँमा लेन–देन गर्नु धेरै महँगो छैन भनेर विश्वास दिलाउन सकियो भने मानिसहरु कागजी मुद्राबाट त्यतैतर्फ बढ्ने बिल गेट्सको धारणा रहेको बिबिसी हिन्दिले जनाएको छ। 'मलाई लाग्छ भारतीय जनताले सरकारी आधार कार्ड र बैंक अकाउन्ट खोलेर त्यसतर्फ बढिरहेको मैले बुझेको छु ।’ उनले भनेका छन। 

गाउँमा तपाईंले जतिसुकै बैंक खोलेपनि जबसम्म इन्टरनेटको माध्यमले लेन–देन सुरु गरिँदैन त्यो पैसा किसानसम्म नपुग्ने बिल गेट्सको बुझाई रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved