मोदीको पार्टीलाई भोट दिएको निहुमा श्रीमतिको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 03:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका एक व्यक्तिले लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई भोट दिएको निहुँमा श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लाको सैदपुर क्षेत्रका एक युवाले सोमवार बिहान आफ्नी श्रीमतीको हत्या गरेका हुन् । आफूलाई मन नपर्ने पार्टीलाई भोट दिएको भन्दै असन्तुष्ट युवाले हत्या गरेका हुन् ।

यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् । माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved