भारतमा आम निर्वाचनको मतगणना सुरु, को बन्ला प्रधानमन्त्री ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 06:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। बिहान ८ बजेदेखि देशभर एक साथ मतगणना सुरु भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ।देशभरि मोदीको चुनावी सङ्घर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो। मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुन: जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन भनेका छन्।

अन्तिम तथा सातौँ चरणको मतदान आइतबार सम्पन्न भएको थियो। यसपालिको निर्वाचनलाई मोदीको नेतृत्वको जनमतसङ्ग्रहजस्तो मानिएको छ।भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्व मानिन्छ जसलाई कैयौँले मन पराउँछन् भने कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि लगाउँछन्।

निर्वाचनमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कुल ५४३ सीट रहेको लोकसभामा कम्तीमा २७२ सीट जित्नुपर्नेछ। सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो। त्यतिखेर कंग्रेस केवल ४४ सीटमा खुम्चिएको थियो।

यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबभन्दा धेरै हो। झन्डै आठ हजार उम्मेदवार तथा ६७० राजनीतिक दलको भाग्यको निर्णय यो निर्वाचनले गर्दैछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved