मोदीले बहुमत पाएपछि इतिहास कै उच्च बिन्दुमा भारतीय शेयर बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 09:09:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयर बजार नयाँ उचाईमा पुगेको छ । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनाले नरेन्द्र मोदी नै पुन प्रधानमन्त्री बन्ने देखाएपछि शेयरबारमा उछाल आएको हो  ।

बजार खुले देखि नै उकालो लागेको बिएसई सेनसेक्सले इतिहास मै पहिलो पटक ४० हजार बिन्दु पारे गरेको छ  । त्यस्तै निफ्टिले पनि इतिहास मै पहिलो पटक १२ हजार बिन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म सेनसेक्स ९ सय ११ अंकले बढेर ४० हजार २१ दशमलव ६७ बिन्दुमा पुगेको छ । 

मतपरिणामको प्रारम्भिक नतिजाले  सत्तारुढ दल भारतीय जनता पार्टी आवद्द एनडिए गठबन्धनले अग्रता लिएको छ । कुल ५ सय ४३ सिटको लागि भएको निर्वाचनको मतगणनामा एनडिए गठबन्धनले ३२७ स्थानमा अग्रता लिएको छ । यो संख्या बहुमत भन्दा बढी हो । २७२ सिटमा जित हात परे बहुमत प्राप्त हुनेछ । टाइम्स अफ इन्डियाका अनुसार बिपक्षी युपिए गठबन्धनले ८८ सिटमा अग्रता लिएको छ । युपिए गठबन्धनको नेतृत्व भारतीय कंग्रेसले गरिरहेको छ । आज बेलुकासम्म सम्पूर्ण मतपरिणाम आईसक्ने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved