नतिजा आफ्नो पक्षमा आएपछि के भने मोदीले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मतपरिणामको नतिजा आफ्नो पक्षमा आएपछि भारतीय प्रधानमन्त्री मोदीले पहिलो ट्वीट गरेका छन् । नतिजाले बिजेपी नेतृत्वको एनडिए गठबन्धनले बहुमत जित हात पार्ने देखिएको छ ।

जित सुनिश्चित भएपछि मोदीले फेरी भारतले जितेको छ भन्दै ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटको पहिलो लाइनमा हिन्दिमा 'सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत' लेखेका छन् । त्यस्तै दोस्रो लाइन अंग्रेजीमा हामि संगै बढ्ने छौ, हामी संगै सम्बृद्ध हुने छौ, हामी संगै बलियो भारत निर्माण गर्ने भनेका छन् । 



 निर्वाचनको मतगणना जारी नै रहेको छ । यो समाचार तयार पार्दासम्म सत्तारुढ दल भाजापाको नेतृत्वको एनडिए गठबन्धनले ५४३ मध्ये ३४४ जितमा अग्रता लिएको छ । त्यस्तै बिपक्षी कंग्रेसको युपीए गठबन्धनले ८३ सीटमा अग्रता लिएको छ ।  नतिजा हेर्दा मोदी पुन प्रधानमन्त्री बन्ने देखिन्छन । बहुमत प्राप्त गर्न २७२ सिट जित्न आवश्यक छ । बिजेपी एक्लैले २७२ भन्दा बढी स्थानमा अग्रता बनाई सकेको छ । 

यो पनि : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved