परदेशमा नेपाली: भारतमा भएको दुर्घटनामा चार जना बेपत्ता, मलेसियामा एकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 12:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ । नेपाली मजदुर सवार यात्रुबाहक बस भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा  दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । 

कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् । 

त्यसैगरी मलेसियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। मलेसियाको सेलेङ्गर राज्यको वान्तिङ्गमा जाजरकोट कोर्ताङ्गका बलवहादुर कसेराको सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा बिहीबार मृत्यु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved