प्रधानमन्त्री मोदीले दिए पदबाट राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2019 | 06:26:21 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् । मोदीले शुक्रबार बेलुका राष्ट्रपति रामनाथ कोबिन्दलाई भेटेर राजिनामा बुझाएका हुन् । 


बिहिबार नै मोदीले मन्त्रिपरिषद्को बैठकबाट १६ औ लोक सभा भंग गर्ने निर्णय गराएका छन् । नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मोदीले राजिनामा दिएका हुन् ।

भारतीय आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेको छ। बुधबार भएको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत भन्दा सिट जितेको थियो । 

कुल ५ सय ४३ सिटको लागि निर्वाचन भएको हो । जस मध्ये ५ सय ४२ स्थानमा मतगणना भएको हो। एक निर्वाचन क्षेत्रको भने निर्वाचन रद्द भएको छ । त्यहाँ पुन: मतदान हुने छ । निर्वाचन आयोगका अनुसार ५ सय ४२ मध्ये ३ सय ३ स्थानमा सत्तारुढ दल भारतीय जनता पार्टी बिजयी भएको छ  ।  भारतीय कंग्रेसले ५२ सिटमा जित हात पारेको छ । 

यो पनि : 

अन्तिम नतिजा : ३७ दल संसदमा पुग्दा बिजेपी कै ३०३ सिट, अरुको कति ? (सुचीसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved