डोनाल्ड ट्रंप जापान पुग्नु भन्दा पहिले भूकम्पको झड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2019 | 02:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्बी जापानमा शनिबार भूकम्पको झट्का महसुस भएको छ। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रंप पुग्नु भन्दा केहि घण्टा पहिले करिब ५ रेक्टरको भूकम्पको झड्का महसुस गरिएको त्यहाँका संचार माध्यमले जनाएका छन। 

जापानको राष्ट्रिय टेलिभिजन एनएचकेकोअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंप पुग्नु भन्दा केहि घण्टा पहिले टोकियोका घरहरु भूकम्पको झड्काले  हल्लिएका थिए। पत्नी मेलानियाको साथमा ट्रंप शनिबार बेलुकासम्म टोकियो पुग्दै छन। उनि त्यहाँ चार दिन रहनेछन।   

भूकम्पको कारण सुनामीलाई लिएर कुनै चेतावनी भने दिइएको छैन भने कुनै नोक्सानीको खबर समेत बाहिर आएको छैन। भूकम्पको केंद्र्ण बिन्दु दक्षिणको चीबा रहेको जनाइएको छ। यो स्थान जापानको राजधानी भन्दा दक्षिणपूर्व तर्फ ६० किलोमिटरको दुरीमा रहेको बताइएको छ। यहीं स्थानमा जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकाका राष्ट्रपती आउँदो आइतबार अर्थात भोलि गल्फ खेल्ने कार्यक्रम रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved