नेपालमा नाकाबन्दी लगाउनेलाई मोदीले बनाए मन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 08:11:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको सपथ ग्रहण लिएका छन् । मोदीपछि नयाँ सरकारका मन्त्रीहरुले पनि सपथ लिएका छन्। बिहिबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले सपथ खुवाएका हुन्। 

पूर्वविदेश सचिव एस जयशंकर पनि मोदी क्याबिनेटमा अटाएका छन्। उनलाई नेपालमा भारतले लगाएको नाकाबन्दीको सूत्राधारको रुपमा चिनिन्छ । मोदी प्रधानमन्त्री रहेको बेला जयशंकर विदेश सचिव  थिए र माेदीको बिशेष दुत बनेर नेपाल आएका थिए । ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए। उनी नेपाल मामिलाका जानकार समेत हुन् ।

मोदीका विश्वासपात्र भाजपाका अध्यक्ष अमित शाहले पनि मन्त्रीको सपथ लिएका छन्। पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरी पनि मन्त्री बनेका छन्।  भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छिन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved