अमेरिका प्रवेशका लागि भिसा प्रक्रियामा कडाई, यस्तो छ नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 09:13:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका लागि भिसा अर्थात्‌ प्रवेशाज्ञा पाउन आवेदन दिनेले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने भएको छ । 

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ । गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्सेनि एक करोड ४७ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेका थिए ।

निश्चित कूटनीतिज्ञ र अधिकारीहरूले भने यो कडा नियमबाट उन्मुक्ति पाउनेछन् । यद्यपि अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ ती विवरणहरू बुझाउनुपर्ने हुन्छ ।

‘अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा हामीले अमेरिकी नागरिकको रक्षाका निम्ति हाम्रा जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ’ विदेश मन्त्रालयले भनेको छ । आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो ।

तर अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ । साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ । ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको एउटा प्रमुख मुद्दामा डोनल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए । 

शुक्रबार मात्रै पनि ट्रम्पले अमेरिकाको दक्षिणी सीमानाकामा अवैध आप्रवासनमाथि मेक्सिकोले नियन्त्रण नगरेसम्म उसमाथि क्रमिक रूपमा कर बढाउँदै जाने बताएका थिए । (बीबीसी)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved