बलात्कारको मुद्दामा रोनाल्डोलाई सफाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 12:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलको फुटबल टिमका कप्तान तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपबाट सफाइ पाएका छन् । बलात्कारको आरोप लगाउने अमेरिकी नागरिक क्याथरिन मोयार्गाले आरोप फिर्ता लिएपनि रोनाल्डोले सफाइ पाएका हुन् ।

गतवर्षको नोभेम्बर महिनामा मोयार्गाले जर्मनीको अनलाइन समाचार पोर्टल डेर स्पाइगल मार्फत रोनाल्डोले आफूलाई बलात्कार गरेको बताएकी थिइन् ।

सन् २००९ मा म्यानचेस्टर यूनाइटेड क्लबमा रहँदा रोनाल्डो छुट्टी मनाउन लास भेगस पुगेका थिए । सोही बेला रोनाल्डोले आफूमाथि बलात्कार गरेको मोयार्गाले बताएकी थिईन् । 

त्यसबेला पनि मोयार्गाले आफूमाथि बलात्कार भएको मुद्दा लगाएकी थिइन् । तर मोयार्गाले आरोपितको नाम, ठेगाना बताउन नसकेपछि मुद्दा त्यत्तिकै सेलाएको थियो । सन् २०१० मा वकिलको सहायतामा रोनाल्डोले क्याथरिनलाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएपछि क्याथरिनले बलात्कारको विषयमा बोलेकी थिइनन् । 

गत नोभेम्बरमा बलात्कारको विषयमा फेरि खुलेकी मोयार्गाले मुद्धा फिर्ता लिएकी हुन् । रोनाल्डोले भने सुरुवातदेखि नै आरोप अस्वीकार गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved