पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 05:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका पूर्व राष्ट्रपति एवम् पाकिस्तानी पिपल्स पार्टीका सह–प्रमुख असिफ अली जर्दारी पक्राउ परेका छन् । अवैध धनलाई वैध बनाएको आरोपमा उनलाई इस्लामावादबाट पक्राउ गरिएको हो । 

पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । उनीमाथि नक्कली खाताबाट वित्तीय अपचलन गरेको आरोप लागेको छ । जर्दारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्कली खाताबाट ४.४ अर्ब रुपैयाँ देशभन्दा बाहिर पठाएको आरोप लागेको छ ।  

जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved