८ दिनदेखि बेपत्ता विमानको केहि भग्नावशेष फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:17:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगत ८ दिनदेखि हराईरहेको भारतीय वायु सेवाको सम्पर्कबिहिन विमानको केहि भग्नावशेष फेला परेको छ । भारतको अरुनांचल प्रदेशको लिपो भन्ने स्थानबाट १६ किलोमिटर उत्तरमा भग्नावशेष फेला परेको भारतीय सेनाले जनाएको। विमानको खोजिको क्रममा १२ हजार फिटको उचाईमा  केहि भग्नावशेष फेला परेको हो । भग्नावशेष देखिए पनि अन्य केहि विवरण थाहा नभएको भारतीय संचार माध्यमले जनाएका छन् । 

भरतीय वायु सेवा निगमको जहाज गत हप्ताको सोमबार दिउँसो १ बजेदेखि सम्पर्क बिहिन भएको थियो  । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको हो । उडेको आधा घण्टा मै विमान हराएको थियो  । विमान हराएपछि सेनाले खोजिकार्यलाई तिब्रता दिएको थियो ।  अत्याधुनिक हेलिकप्टर र जहाजलाई खिजो कार्यमा लगाईएको थियो ।   

विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक थिए ।  

जुलाई २०१६ मा पनि भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो  ।  २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन  । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved