बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४४ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 01:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी भारतमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीवार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएका छन्। बस दुर्घटना हुँदा त्यसमा कम्तीमा ६० जना सवार थिए। त्यसमध्ये कतिपय बसको छतमा रहेको बताइएको छ। 

विवरणहरूमा जनाइए अनुसार साँघुरो र घुमाउरो मोडमा बस पल्टिएर गहिरो खोँचमा खसेको थियो। यसअघि अधिकारीहरूले दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको बताए पनि घाइतेमध्ये थप १९ जनाको मृत्यु भएको बताए। घटनास्थलबाट प्राप्त तस्वीरहरूमा एउटा झरनाको छेउमा बस पल्टेको र स्वयम्‌सेवकहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ।

कुल्लु जिल्लाका प्रहरी प्रमुख शालिनी अग्निहोत्रीले समाचार संस्था एएफपीलाई बताए अनुसार पीडितमध्ये धेरै महिला तथा बालबालिका छन् जो विद्यालय र कामबाट फर्किरहेका थिए। भारतमा प्रायः सडक दुर्घटनाहरू भइरहन्छ र हिमाञ्चल प्रदेशमा मात्रै सन् २००९ देखि २०१८ सम्ममा ३० हजारभन्दा बढी सडक दुर्घटना भएको तथ्याङ्क छ। भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार सो समयावधिभित्र सडक दुर्घटनामा परी ११ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब ५४ हजार घाइते भएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved