अङ्गरक्षकद्वारा प्रधानसेनापतिको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 01:30:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको छ । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिएका छन् । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved