इन्डोनेसियामा शक्तिशाली भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ । 

इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा  केन्द्रविन्दु रहेको भुकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको अमेरिकी भौगर्भिक सर्भेले बताएको छ ।जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved