‘क्लिन्टनको इमेल प्रकरणको थप जाँच नगर्ने’ :  ट्रम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 05:17:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको इमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतिको निर्वाचनका क्रममा प्रतिष्पर्धी डेमोक्रयाटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरण पुन छानविन गर्ने चेतावनी दिएका थिए।  ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए पछि प्रकरण बन्द गरेको बताएका हुन् ।

चुनावी अभियानका क्रममा रिपब्लिकन उम्मेदवार  डोनाल्ड ट्रम्पले क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नुपर्ने बताएका थिए ।तर ह्वाइट हाउस प्रवेशको तयारीमा रहेका ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी आफ्नी प्रतिस्पर्धी रहेकी क्लिन्टनलाई थप पीडा नदिने आफ्नो चाहना रहेको समेत स्पष्ट पारेका छन् ।

यसअघि अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका निर्देशक जेम्स कोमीले ईमेल प्रकरणमा क्लिन्टनले कुनै गलत काम नगरेको बताइसकेका छन् ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved