ट्रायल फेल भएर गाडी चलाए पाँच बर्ष प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 12:50:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइएमा पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । 

नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुने स्थानीय संचारमाध्यमले जनाएका छन् । 

भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै बिक्री गर्नेक्रम बढेपछि सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । साथै सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई पनि थप व्यवस्थित गर्न लागेको छ ।

लाइसेन्स लिनेक्रममा हाल सोधिने ४५० वटा प्रश्नको साटो ६०० वटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved