बंगलादेशले ल्यायो ६२ अर्ब डलरको बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 08:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९÷०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट अनुमोदन गरेको छ । मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बङ्गलादेश अवामी लिग (एएल) पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो । संसदमा प्रस्तुत वजेट कार्यक्रमलाई यस आर्थिक बर्षको अन्तिम संसद अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ अनुमोदन गरेको हो ।

सन् २०१९÷०२० का लागि बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो । खर्चतर्फ बार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सवैभन्दा बढी अर्थात् २.०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ ।

नयाँ बर्षमा बङ्गलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved