वर्षाले पर्खाल भत्किँदा १८ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 02:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे पर्खाल भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागले जनाएको छ । 

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको छ । विश्वविद्यालय र विद्यालयहरु बन्द गरिएका छन् । मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एकसय उडान रद्द गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved