बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 07, 2019 | 10:47:44 AM



शनिबार अमेरिकाको फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । दक्षिणपूर्वी प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिए । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7