सिरियामा सयभन्दा बढी लडाकु मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 11:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकुहरु मारिएका छन् । बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।

जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा आठ सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ ।

अब्जरभेटरीले बुधबारदेखि जारी पछिल्लो भिडन्तमा कम्तीमा ५७ जना सुरक्षाकर्मी र ४४ जना जिहादी मारिएको जनाएको छ । अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले हामा प्रान्तको उत्तर समेतका हायात तहरिर अल–शामले नियन्त्रण गरिराखेका क्षेत्रमा सरकारी फौजले भिषण हवाई हमला जारी राखेको बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved