बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच जनाको मृत्यु कयौँ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 03:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु भएको छ ।अफगानिस्तानका एक सरकारी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै ४० भन्दा बढी घाइते भएको बताएका छन् ।

शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले बिवाह समारोहमा  विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले एएफपीलाई बताए । 

अफगान सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको जनाइएको छ । पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आइएस) लगायतका आतङ्ककारी संगठनको बासस्थानका रुपमा पनि चिनिन्छ । यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ ।   

सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved