यस्ता छन् विश्वका शक्तिशाली व्यक्तिले चढ्ने गाडी, कुनको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 10:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

पुरै विश्वको ध्यान तानिरहेका विश्वका शक्तिशाली देशका प्रमुखहरु कुन गाडी चढ्छन ? प्राय सबैको चासो हुने गरेको छ । शक्तिशाली देशहरु अमेरिका, रुस, चीन, उत्तर कोरिया तथा भारतका राष्ट्र प्रमुखहरु कस्तो गाडि चढ्छन् यस्को बारेमा पुरै विश्वको चासो हुने गर्छ । साथै इंग्ल्याण्डकी महारानी एलिजाबेथले चढ्ने गाडी र पोप फ्रान्सिसले चढ्ने गाडीको बारेमा हामि यहाँ चर्चा गर्नेछौँ । उनीहरुले चढ्ने सबै गाडी बुलेट प्रुफ अर्थात् गोली वा बमले पनि असर नगर्ने किसिमका त हुने नै भए । साथै यि सबै गाडीको मुल्य सय करोड भन्दा बढि छ । 

Bentley State Limousine

यो गाडि बिशेष बेलायतकि महारानी एलिजाबेथको लागि बनाइएको हो । ब्रिटिस कार निर्माता कम्पनिले दुनिँयाकै महँगो कार लिमोसाइन सन् २००२ मा बनाएको थियो । रानीको गोल्डेन जुब्लिको लागि बनाइएको यो कारको मुल्य १०४ करोड डलर भन्दा बढि रहेको छ । गाडीको ढोका ९० डिग्रि पुरै खुल्ने गरि निर्माण गरिएको छ, ता की रानी गाडिबाट बाहिर निस्कँदा झुक्नु नपरोस् । 

Mercedes- Benz M-Class

२६६ औँ पोप फ्रान्सिस मोडिफाइड एम क्लास मर्सिडिज कार चढ्छन् । कारको मुल्य ५ लाख २४ हजार ९ सय ९० डलर रहेको छ । यो गाडी कडा सुरक्षा सहित निर्माण गरिएको जसमा गोली तथा ग्रिनेडको कुनै असर पर्दैन । साथै गाडीको क्याबिन एयर टाइट रहेको छ । गाडीमा आफ्नै अक्सिजन सप्लाई रहेको छ ।

Cadillac One

१०.३३ करोड डलर मुल्य रहेको यो कार अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रंपको अफिसियल कार हो । जनरल मोटर्सले बनाएको यो कार बिशेषगरि पुर्व राष्ट्रपति बाराक ओबामाको लागि बनाइएको हो । यस कारलाई बिस्ट नामले बोलाइने गरिएको छ । गाडीको उचाइ १८ फिट र तौल ८ टन रहेको छ । 

साथै गाडीमा अक्सिजनको सुविधा, आपतकालिन अबस्थाको लागि राष्ट्रपतिको ब्लड ग्रुप मिल्ने ब्लड बैंक तथा नाइट भिजन सिस्टम रहेको छ । गाडीलाइ कुनै बमले असर गर्दैन । गाडीको चालक सिआइएको उच्च ट्रेनिंग प्राप्त ब्यक्ति हुन् । 

BMW 7 Series 760 Li र Range Rover Sport

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिएमडब्लु ७ सिरिज ७६० लिमा यात्रा गर्छन । टप अफ द लाइन ७ सिरिजको बिएमडब्लु सिरिजको सबैभन्दा पावरफुल मानिन्छ । गाडिमा सिग्नेचर ड्राइभ अल व्हिल ड्राइभ सिस्टम रहेको छ । साथै गाडिमा रहेको ६.६ लिटर एम पर्फमेन्स ट्विन पावर टर्बो १२ सिलिण्डर पेट्रोल इन्जिनले ६०१ बिएचपि उच्च पावर तथा ८०० एनएम टर्क जेनेरेट गर्दछ । साथै गाडिमा ८ स्पीड स्टेपट्रोनिक स्पोर्ट अटोमेटिक गियरबक्स रहेको छ । गाडिले ३.७ सेकेन्डमा प्रतिघण्टा १०० किमिको गति लिन्छ । गाडिको मुल्य ८३ हजार ६ सय पचास डलर रहेको छ ।

प्रधानमन्त्री मोदी कहिलेकाँहि रेन्ज रोभरमा पनि देखिने गरेका छन् । टाटा मोटर्सले बनाएको रेन्ज रोभरमा पानारोमिक सनरुफ दिएको छ, जुन बिशेषगरि सडक यात्रा गर्दा प्रयोग हुन्छ । यसको मुल्य ५३ हजार डलर बढि रहेको छ । 

Mercedes LImousine

उत्तर कोरियाका शासक किम जोंग उन मर्सिडिज लिमोसाइनमा सवार गर्छन । यो गाडीलाई उनको इच्छाअनुसार मोडिफाइड गरिएको छ । यो एक बुलेटप्रुफ गाडी हो जसमा गोलि र ग्रिनेडको कुनै असर पर्दैन । मर्सिडिज बेन्ज एस क्लासको गाडि २१ फिट लामो छ जुन दुनिँयाकै सबैभन्दा सुरक्षित गाडी मानिन्छ । यसको मुल्य १.६ मिलियन डलर रहेको छ । 

Hongqi Limousine

Hongqi Limousine यसको अर्थ हुन्छ रेड फ्याग मतलब रातो झण्डा । रातो झण्डा कम्युनिस्ट बिचारधारको प्रतिक मानिन्छ । यो गाडी चीनको सबैभन्दा महँगो गाडी हो, जसको मुल्य ५ करोड ५२ लाख डलर रहेको छ । यो कार ८ सेकेण्डमा ०-१०० किलोमिटरको गतिमा दौडिन्छ । कारको लम्बाई १८ फिट, चौडाई ६.५ फिट र उचाई ५ फिट रहेको छ । चीनको राष्ट्रपति सि चिन फिंग सवार हुने यस गाडिको तौल ३१५२ किलोग्राम रहेको छ । 

Cortege Aurus 

रुसि राष्ट्रपति भ्लादमिर पुटिन जुन लिमोसा्इनमा सवार हुन्छन् त्यसको नाम Cortege Aurus रहेको छ । यो गाडि निर्माण गर्न इन्जिनियरलाई पुरा ६ बर्ष लागेको थियो । यसलाइ पावर दिनको लागि कारमा Porsche को इन्जिन राखिएको छ । यो गाडि यदि केहि गरी पानीमा डुब्यो भने पनि आफै तैरिन्छ । यो भन्दा बाहेक गाडिमा ८ इन्चको मोटो प्रोटेक्सन लेयर राखिएको छ जसले गर्दा कारमा ग्रिनेड तथा रकेट लन्च नै भयो भने पनि केहि हुँदैन । कारमा नाइट भिजन, अश्रु ग्याँसका साथै मेसिनगनबाट युद्ध गर्न सक्ने क्षमता रहेको छ ।

साथै गाडिको भित्र बसेको ब्यक्तिमा केमिकल आक्रमण गरियो भने पनि केहि हुँदैन । सुरक्षा बिशेषतामा कार भित्र अक्सिजन माक्स सहित ब्लड बैंकको पनि ब्यबस्था गरिएको छ । कारको टायर यदि पंचर भयो भने पनि गाडि राम्रोसँग चल्छ । गाडि भित्र बस्ने मानिसलाई ५ स्टार होटलमा बसेको महसुस हुनेछ । गाडिको मुल्य १९२ मिलियन डलर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved