बिजपाटी सम्बाददाता     Jul 19, 2019 | 02:43:16 PM



dace

अस्ट्रियाको पश्चिम टाइरोलमा एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो । कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7