पहिरोमा परी चीनमा ११ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । चीनको गुईझोउ प्रान्तमा मङ्गलबार आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । 

स्थानीय समय अनुसार बेलुकाको ९:२० बजे लिउपान्शुईको गाउँमा पहिरो पसेको स्थानीय अधिकारीले बताए । पहिरोले २१ घर पुरेको छ । प्रभावित क्षेत्रमा पहिरो खसेको बेला ५० भन्दा बढी मानिस रहेको जनाइएको छ । उद्धारकर्ताले बुधबार बिहान ११ बजेतिर ११ जनाको शव भेट्टाएका थिए साथै अरू ११ जनालाई जीवितै उद्धार गरिएको र ३४ जना अझै बेपत्ता नै रहेको अधिकारीहरुले जनाएका छन् ।   

बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । घटनास्थलमा मन्त्रालयबाट खटिएको र स्थानीय सरकारले खटाएकाहरुले मिलेर काम गरेका छन् । आपत व्यवस्थापन मन्त्रालयले पहिरो गएको थाहा पाउने बित्तिकै उद्धारकर्ताहरुको टोली घटनास्थलमा पठाइएको थियो ।

बेपत्ता भएकाहरुको खोजीका लागि व्यावसायिक उद्धारकर्ता, अग्नी नियन्त्रक, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत गरी एक हजार जना घटनास्थलमा खटिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved