इटालीमा बस्न चाहनेलाई सित्तैमा घर, जागिरको साथमा ९ लाख पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 07:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इटालीको एक गाउँमा बस्न जाने मानिसले सित्तैमा एउटा घर, जागीर र करिब ९ लाख बराबर पैसा पाउने भएका छन् । यो प्रस्ताव बिशेष गरी युवा परिवारको लागी हो । 

इटलीको उत्तरी क्षेत्रमा रहेको लोकाना जिल्लाको धेरै गाउँहरु खालि भएका छन् जसले गर्दा गाउँमा बस्ने मानिसको संख्या एकदम न्युन भएपछि यस्तो योजना ल्याइएको हो । यो योजना शुरुमा इटालीको मानिसहरुको लागी मात्र थियो । अहिले यहाँ विश्वको जुनसुकै देशको मानिस पनि गएर बस्न सक्नेछन् । यहाँ बस्नको लागी एउटै सर्त राखिएको छ, जुन परिवार यहाँ बस्न आउँछ एउटा बच्चा अनिवार्य हुनुपर्नेछ ।

यो गाउँमा ११८५ तिरबाट बस्ति बसाउन शुरु गरिएको थियो । यहाँका घरहरु ढुंगा र काठबाट निर्माण गरिएका छन् । यस गाउँमा एउटा हाइड्रोको इलेक्ट्रिसिटि प्लान्ट रहेको छ जसको बिद्युत इटालीको राज्य तथा उद्योगहरुलाई बिक्रि गरिएको छ ।

यस ठाउँमा प्रत्येक बर्ष ४० जनाको मृत्यु हुने गरेको बताइएको छ । यस गाउँमा बार्षि जम्मा १० जना बच्चाहरु मात्र जन्मिने गरेको उक्त गाउँको मेयरले बताएका छन् । यो अवस्था उक्त गाउँको मात्र नभएर पुरै इटालीको नै रहेको छ । युवाहरु जागीरको लागि गाउँ छाडेर सहर तथा अर्को देश जान थाले पछि गाउँमा जनसंख्या कम हुन थालेको हो ।

सन् १९०० को शुरुवाततीर यहाँको जनसंख्या ७ हजार रहेको थियो तर अहिले करिब १५ सय जति मानिस रहेका बताइएको छ ।

एजेन्सि

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved