उत्तर कोरियाले छाड्यो कब्जामा लिएको रुसी डुङ्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 04:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् । प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए । 

गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा स्थानीय समय अनुसार शनिबार साँझपख उत्तर कोरियाली बन्दरगाह वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उक्त डुङ्गा सुरक्षित रुपमा फर्किएकामा सन्तोष व्यक्त गरेको छ । उक्त डुङ्गा आइतबार अपराह्न दक्षिण कोरियाको सोक्चो आइपुगेको छ । 

उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो । अधिकारीहरुका अनुसार उक्त डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब १०० मिटर टाढा रहेको थियो ।

रुसी तट रक्षकहरुले पनि काठको डुङ्गामा बसेर माछा मार्ने उत्तर कोरियालीहरुलाई बारम्बार पक्राउ गर्ने र लामो समय जेलमा राख्ने गरेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved