विमान दुर्घटनामा ब्राजिलको फुटबल टोलीको दुःखद अन्त्य,तीन दिने राष्ट्रिय शोकको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2016 | 08:02:47 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलियन क्लब चापेकोइन्सेका खेलाडीहरू सवार विमान कोलम्बियामामा दुर्घटना भाएको छ। उक्त दुर्घटनामा क्लब चापेकोइन्सेका खेलाडीहरूकोे निधनको भएका घटनाप्रति विश्वभरबाट समबेदना प्राप्त भएको छ।   

ब्राजिलको शिर्ष डिभिजनको फुटबल क्लब चापेकोइन्से फुटबल टिमका सदस्यहरुका कोपा सुदामेरिकाना प्रतियोगीताको फाइनल अन्तर्गत प्रथम लेगको खेल खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन सहरका लागि उडेको बिमान मेडेलिन नजिकै दुर्घटनाग्रस्त भएको एजेन्सीले जनाएका छन।

सो दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा रहेका ८१ जना मध्ये ७६ जनाको मृत्यु भएको र पाँच जनाको जीवितै उद्धार गरिएको अन्तराष्ट्रिय संचार मध्यमले जनाएका छन।

बिमान दुर्घटनाप्रति ब्राजिल तथा बार्सिलोनाका स्टार नेइमार तथा स्पेनिस क्लब एटलेटिको मेड्रिडले खेलाडिहरुको मृत्युप्रति समबेदना ब्यक्त गरेका छन । सो दुर्घटनामा परि एटलेटिको मेड्रिडका एक पूर्व खेलाडी क्लेबर सान्तनाको पनि मृत्यु भएको छ।

यस घटनाले विश्वभरका फुटबल प्रेमी स्तब्ध भएका छन। समवेदना ब्यक्त गर्ने क्रममा ब्राजिलका सर्वकालिन महान फुटबल खेलाडी पेलेले पनि गहिरो दुःख तथा समवेदना ब्यक्त गरेका छन् । “ब्राजिलको फुटबल शोकमा छ । यो एक दुःखद घटना हो । खेलाडीका परिवारलाई समवेदना अर्पण गर्न चाहन्छु।"

यता प्रतिस्पर्धि कोलम्बियाको एटलेटिको न्यासियनले उक्त उपाधी चापेकोइन्से क्लबलाई प्रदान गर्न आग्रह गरेको छ । यद्दपी  दक्षिण अमेरिकी फुटबल महासंघले फुटबले उनीहरुको आग्रहलाई आधिकारिक स्विकृती प्रदान गरेको छैन।

अर्जेन्टिनाको फुटबल एसोसिएसनले पनि घटनाप्रति समदेदना ब्यक्त गरेको छ । यसैबीच स्टार स्ट्राइकर अर्जेन्टिनाका लिओनल मेसीले आफ्नो ट्विटरमार्फत निधन भएका खेलाडीका परिवार, मित्र तथा क्लबप्रति संवेदना व्यक्त गरेका छन् । 

ब्राजिलियन खेलाडीको निधनप्रति मंगलबार ट्रेनिङ सत्रमा बार्सिलोना म्याड्रिड र म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले पनि मौन धारण गरेका थिए । ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेकोे छ ।

ब्राजिलका पहिलो श्रेणीका फुटबल टिमहरुले आफ्नो खेलाडीहरुलाई चापेकोइन्से टिमलाई दिने बताएका छन। यस निर्णयले टिमको अस्तित्वलाई बचाउने उनीहरुको बिश्वास रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved