भावुक पत्र लेख्दै क्याफे कफी डेका मालिक बेपत्ता, आत्महत्याको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 02:42:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय बहुराष्ट्रिय कम्पनी सीसीडी अर्थात क्याफे कफी डेका मालिक वी जी सिद्धार्थ सोमबार बेलुका देखि  बेपत्ता भएका छन् । भारतमा कफी व्यवसायमा क्रान्ति ल्याएका उनी सोमबार बेलुका  भारतको कर्मंनाटका राज्यको मंगलूरु भन्ने स्थानबाट बेपत्ता भएका हुन् ।

उनी अन्तिम पटक नेत्रावदी नदीमाथिको पुलमा बसेर फोनमा कुरा गरिरहेको देखिएको र लगत्तै बेप्पता भएको भारतीय संचार माध्यमहरुले जनाएको छन। उनले सोहि नदिमा हाम फालेर आत्माहत्या गरेको आशंकामा खोजि कार्य ब्यापक पारिएको छ । उनको खोजिको लागि डुंगा र हेलिकप्टर समेत परिचालन गरिएको  छ ।

सिद्धार्थले बेपत्ता हुनु अगाडी एक पत्र लेखेको समेत खुलेको छ । उनले संचालक समितिलाई पत्र लेख्दै आफुले लामो समय संघर्ष गरेको तर त्यसमा सफल हुन् नसकेको उल्लेख गरेका छन् । उनले अब आफुले थप कुनै दबाब लिन नसक्दै भन्दै असफल उद्यमी भएको बताएका छन् । तर उनले कम्पनीको सम्पति दायित्व भन्दा बढी भएकोले सबैलाई पैसा फिर्ता गर्न सक्ने समेत उल्लेख गरेका छन् ।

नेपालका विभिन्न स्थानमा समेत सीसीडीको चेन रहेको छ ।

हेर्नुस उनको पत्र : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved