मालिक बेपत्ता भएपछि क्याफे कफी डेको शेयर मूल्यमा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 03:06:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय बहुराष्ट्रिय कम्पनी सीसीडी अर्थात क्याफे कफी डेका मालिक बेपत्ता भएपछि कम्पनीको शेयरमा भारी गिरावट आएको छ ।  मंगलबार कम्पनीको शेयर मूल्य १९.९९ प्रतिशतले घटेको छ। 

मंगलबार बम्बई स्टक एक्चेन्ज बीएसईमा  कफी डे इन्टरप्राइजको शेयर मूल्य १९.९९ प्रतिशत अर्थात् ३८.५० रुपैयाँले घटेर १५४.०५ रुपैयाँमा बन्द भएको छ। यो कम्पनीको ५२ हप्ता कै न्यून मूल्य हो । सीसीडी  कफी डे इन्टरप्राइजको स्वामित्वमा छ

क्याफे कफी डेका मालिक वी जी सिद्धार्थ सोमबार बेलुका देखि  बेपत्ता छन् । भारतमा कफी व्यवसायमा क्रान्ति ल्याएका उनी सोमबार बेलुका  भारतको कर्मंनाटका राज्यको मंगलूरु भन्ने स्थानबाट बेपत्ता भएका हुन् ।

क्याफे कफी डेमा सिद्धार्थको हिस्सा ३२.७५ प्रतिशत छ । त्यसको ७१.४ प्रतिशत शेयर प्लेजमा रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् 


उनी अन्तिम पटक नेत्रावदी नदीमाथिको पुलमा बसेर फोनमा कुरा गरिरहेको देखिएको र लगत्तै बेप्पता भएको भारतीय संचार माध्यमहरुले जनाएको छन। उनले सोहि नदिमा हाम फालेर आत्माहत्या गरेको आशंकामा खोजि कार्य ब्यापक पारिएको छ । उनको खोजिको लागि डुंगा र हेलिकप्टर समेत परिचालन गरिएको  छ ।

सिद्धार्थले बेपत्ता हुनु अगाडी एक पत्र लेखेको समेत खुलेको छ । उनले संचालक समितिलाई पत्र लेख्दै आफुले लामो समय संघर्ष गरेको तर त्यसमा सफल हुन् नसकेको उल्लेख गरेका छन् । उनले अब आफुले थप कुनै दबाब लिन नसक्दै भन्दै असफल उद्यमी भएको बताएका छन् । तर उनले कम्पनीको सम्पति दायित्व भन्दा बढी भएकोले सबैलाई पैसा फिर्ता गर्न सक्ने समेत उल्लेख गरेका छन् ।

नेपालका विभिन्न स्थानमा समेत सीसीडीको चेन रहेको छ ।

हेर्नुस उनको पत्र : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved