जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 06:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको छ । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका जापानी अधिकारीहरुले बताएका छन् । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् । 

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

मङ्गलबार पनि जापानमा तापक्रम बढेको बताइएको छ । मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मङ्गलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ । टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved