मोदीको समर्थनमा माओवादी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2016 | 12:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नोट बन्दीको  भारतीय कम्नियुष्ट पार्टी माओवादीले समर्थन गरेको छ। भारतका विभिन्न प्रान्तमा हतियार बन्द लडाई लडिरहेको माओवादीका महासचिव गणपतिले हालै प्रेस विज्ञप्ति जारि गर्दै  मोदीको ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउने आदेशको समर्थन गरेका हुन् । 

विज्ञप्तिमा मोदीले साहसीक कदम चालेको भन्दै कमरेड गणपतिले लेखेका छन्  - अब गरिबको पसिना चुसेर धनी बनेका शोषकको सम्पति कब्जा गरेर जेल हाल्न सक्छन् सक्दैनन् , हेर्नु छ ।  

टाउकोमा ३ करोड ६० लाखको इनाम बोकेर भूमिगत ससस्त्र युद्धमा लागेका गणपति मोदी सत्ता विरुद्ध लडाई लडेका नेता हुन्। अन्य प्रतिपक्षी पार्टीहरुले मोदीको नोट बन्दिका  बिरुद्ध आन्दोलन चलाइरहेका बेला गणपतिको  प्रेस विज्ञप्तिले भारतीय मिडियामा मुख्य स्थान समेत पाएको छ। 

विज्ञान विषयमा स्नातकोत्तर गणपति विगत ३७ बर्ष देखि भूमिगत छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved