अफगानिस्तानमा भूकम्प, भारत र पाकिस्तानसम्म धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 07:33:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बिहान अफगानिस्तानमा भूकम्पको धक्का महसुश भएको छ । बिहिबार विहान ६.१५ मा  ५.८ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको हो। 


अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा भूकम्प गएको र केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का अफगानिस्तान सहित पाकिस्तान, भारत, उजबेकस्थान लगायतका स्थानमा समेत महशुस भएको थियो ।


यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले टाढा टाढासम्म पनि भूकम्पको झट्का महशुस हुने गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved