काश्मिरको निर्णयबारे भारतको वक्तव्य, ‘यो आन्तरिक मामिला हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 02:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय आफ्नो देशको आन्तरिक मामिला भएको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा भारतको संविभानले दिएको विशेष अधिकार गत सोमबार खारजे गरेपछि भारत र पाकिस्तानको दुरी झन बढेको छ ।

पाकिस्तानले बुधबार भारतसँगको कुटनीतिक दर्जा घटाउँदै भारतीय दूतलाई फिर्ता गर्ने र व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेको थियो । तर भारतीय विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गरेरै जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने व्यवस्था खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख गरेको छ । 

भारतीय सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जम्मु काश्मिरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मी गरि ५६० जनाभन्दा बढीलाई नजरबन्दमा राखिएको जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजै देशका नाममा सम्बोधन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved