कश्मीर मामिलामा पाकिस्तानलाई चीनको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 09:58:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले जम्मु–कश्मीरको विशेषाधिकार खोसेको सम्बन्धमा पाकिस्तानले गरेको निन्दामा साथ दिने राष्ट्रहरु चीन मात्रै भएको छ । खाडीसहित अन्य देशलाई मनाउन पाकिस्तान असफल भएको छ । पाकिस्तानको पक्षमा चीन बाहेक अरू कुनै पनि देशले बोल्न मानेका छैनन् । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुसलमानबहुल मुलुक सहित थुप्रै देशका नेतालाई व्यक्तिगत रूपमा टेलिफोन गरि जम्मु कश्मिरको विषय उठाएपनि उनले पर्याप्त आश्वासन नपाएको बुझिएको छ । 

इस्लामी सहयोग संगठनको महत्त्वपूर्ण सदस्य युनाइटेट अरब एमिरेट्स (युएई)ले जम्मु कश्मीर मामिलामा भारतको समर्थन गरेको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनलाई इमरानले फोन गरेपनि समर्थन पाएनन् । चीनले आधिकारीक रुपमा वक्तव्य जारी नगरेपनि यो विवादमा चीन पाकिस्तानको पक्षमा उभिने आँकलन गरिएको छ । 

(टाइम्स अफ इन्डियाको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved