जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष दिल्ली एयरपोर्टबाट पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 01:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जम्मु कास्मिर जनसंघर्ष समितिका अध्यक्ष शाह फैसललाई प्रहरीले भारतको दिल्ली एयरपोर्टबाट पक्राउ गरेको छ । पूर्व आईएस अधिकारी समेत रहेका उनी विदेश हिँडेका थिए । बुधबार पक्राउ गरि कास्मिरस्थित घरमै नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी कुन देश हिँडेका थिए भन्ने बारे केही खुलाईएको छैन । 

भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु कास्मिरको विशेष राज्य अधिकार खोसेपछि फैसलले भारत सरकारको निर्णय विरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । उनले इदको अवसरमा १९४७ मा पाएको अधिकार खोसिएको र फेरि उक्त अधिकार नपाएसम्म कास्मिरले इद नमनाउने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved