भारतका पूर्व गृहमन्त्री चिदम्बरम पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 08:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कंग्रेसका नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरम पक्राउ परेका छन् । सीबिआईको टोलीले उनलाई बुधबार राति उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो। तर उनी फेला परेका थिएनन् ।  उनी अचानक पार्टी कार्यालयमा देखिएका थिए, जहाँ उनले पत्रकार सम्मलेन समेत गरेका थिए । पत्रकार सम्मलेन गरेर घर पुगेपछि रातिको समयमा प्रहरी अधिकारीहरु उनको घरको पर्खाल चढेर घर भित्र छिरी उनलाई पक्राउ गरेका हुन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ। उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने  माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए। अदालतले उनको माग अस्वीकार गरेको थियो।  

उनी केन्द्र सरकारका पुर्व गृह तथा अर्थ मन्त्री समेत हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved