भारतलाई आफ्नो आकाश प्रयोग गर्न नदिने पाकिस्तानको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 11:41:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले भारतका लागि आफ्नो हवाई आकाश फेरि बन्द गर्ने चेतावनी दिएको छ । जम्मु कस्मिरको विशेष राज्य अधिकारको व्यवस्था भारतले संविधानबाट हटाएपछि रिसाएको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो ।

मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव गरेका थिए । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको पाकिस्तानको स्थलमार्ग पनि बन्द गर्नेबारे कानुनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् ‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं ।’

यसअघि १३८ दिनसम्म बन्द भएको आकाश जुलाई १६ मा खुलेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved