भारी कर छुटको घोषणापछि भारतीय शेयर बजारमा उछाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 02:35:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मोदी सरकारले कर्पोरेट ट्याक्समा भारी छुटको घोषणा गरेसंगै भारतीय शेयरबजारमा उछाल आएको छ । भारतीय अर्थ मन्त्री निर्मला सीतारमणले शुक्रबार कर छुटको घोषणा गरेकी हुन्। जस अनुसार हाल ३० प्रतिशत रहेको कर्पोरेट ट्याक्स घटाएर २२ प्रतिशत कायम भएको छ ।  यसमा लाग्ने अन्य शुल्कलाई हिसाब गर्दा करको दर ३४.९४ प्रतिशतबाट घटाएर २५.१७ प्रतिशत पुर्याईएको हो । 

नयाँ उत्पादनमुलक कम्पनीलाई सरकारले थप सहुलियत दिएको छ । उनीहरुको लागि सरकारले बेसिक ट्याक्स दरलाई २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरेको छ । 

भारि कर छुटको घोषणा संगै भारतीय शेयर बजारमा उछाल आएको छ । बम्बाई स्टक एक्सचेन्जको सेनसेक्स शुकबर्को कारोबार समयमा ६.२ प्रैशतसम्म बढेको थियो । सेनसेक्स ५.३२ प्रतिशतले बढ्दै ३८ हजार १४ दशमलव ६२ को उचाईमा पुगेर शुक्रबारको कारोबार अन्त्य भएको छ। सेनसेक्स आज एकै दिन १९ सय २१ अंकले बढेको हो ।  त्यस्तै निफ्टी सूचक ५ सय ६९ अंकले बढेर ११ हजार २ सय ७४ को बिन्दुमा पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved