मुस्लिम बाहुल्य मूलुकले पाकिस्तानलाई भारतसँग तनाब नबढाउन आग्रह गरेका छन् । तर पाकिस्तानले उक्त प्रस्ताव अस्वीकार गरेको छ । पाकिस्तानी पत्रिका एक्सप्रेसले साउदीका उपविदेशमन्त्री र युएईका उपविदेशमन्त्रीले इस्लामावाद पुगेरै कश्मीरमाथिको प्रतिबन्ध फुकाउन भारतलाई मनाउने प्रतिबद्धता जनाउँदै भारतीय प्रधानमन्त्रीप्रति उग्र रुपमा प्रस्तुत नहुँन पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आग्रह गरेका थिए ।
मोदीलाई हिटलर नभन्न ती देशले सुझाव दिँदा इमरान खानले सुन्दै सुनेनन् । खानले प्रष्टसँग भने, ‘भारतसँग तबसम्म कुनै पनि प्रकारको वार्ता हुँदैन, जबसम्म कश्मीरको स्थिति पूर्ववत् अवस्थामा फर्कँदैन।’
पाकिस्तानी प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेशी अहिले साताव्यापी अमेरिका भ्रमणमा छन् ।