ट्रम्पले भने,‘ओबामाले नोबेल पुरस्कार पाउँदा मैले नपाउनु अन्यायपूर्ण’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 09:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाले पाएको नोबेल शान्ति पुरस्कारमाथि प्रश्न उठाएका छन् । ओबामाले सन् २००९ मा राष्ट्रपति चुनाव जितेको ८ महिनापछि शान्ति पुरस्कार पाएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा ट्रम्पले नोबेल पुरस्कार दिनेहरुले अन्याय गरेको कारण आफू उक्त पुरस्कार पाउनबाट बञ्चित भएको आरोप लगाए । ‘नोबेल कमिटीले न्यायपूर्ण ढङ्गले उपहार दिने हो भने मैले थुप्रै योगदानका लागि यो पुरस्कार पाउन सक्थेँ तर यस्तो हुन सकेन’ ट्रम्पले भने । 

‘ओबामालाई सन् २००९ मा अन्तराष्ट्रिय सहयोगलाई बलियो बनाएका कारण नोबेल शान्ति पुरस्कार दिइयो । जबकी उनी केही दिन अघिमात्रै राष्ट्रपति बनेका थिए । ओबामा आफैंलाई पनि उनलाई किन शान्ति पुरस्कार दिइयो भनेर थाहा थिएन’ ट्रम्पले थपे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved