किन चीनियाँ राष्टपतिले यो साता पाकिस्तान,भारत र नेपालका नेतासंग भेट्दैछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2019 | 10:27:40 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनियाँ राष्ट्रपति चीनिया राष्ट्रपति सी जिनपिङले सात दिनको अन्तरमा दक्षिण एसियाका राष्ट्रप्रमुख तथा तथा त्यहाँका उच्च अधिकारिसंग भेट गर्दैछन। सीको यो भ्रमणलाई 'वन बेल्ट वन साउथ एसिया' को रुपमा समेत लिइएको छ। 

सीले बेइजिंङमा नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई स्वागत गरेर शुक्रबार भारत भ्रमण गर्नेछन। सीले शनिबार र र आइतबार नेपाल भ्रमण गर्ने नेपालको परराष्ट्र मन्त्रालयले बिज्ञप्ती मार्फत जानकारी गराएको छ।

चीनका राष्ट्रपति सीको भारत र नेपाल भ्रमणको पुर्व सन्ध्यामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बेइजिंङ भ्रमणलाई भारतले महत्त्वका साथ हेरेको छ। मंगलबार खानलाई स्वागत गरेका चिनियाँ राष्ट्रपति सीले यहि साता शुक्रबार भारत भ्रमण गर्नेछन। पाकिस्तान र चीनबिच भएको पाकिस्तानको एयर फोर्सलाई तालिम दिन जे-१६ फाइटर जेट्स पाकिस्तान पठाउने सहमतिमा भारतले असन्तुष्टि जानेको छ। त्यस्तै चीनका सार्वजनिक पार्कमा महात्मा गान्धीको जन्मदिन मनाउन लगाइएको रोकमा समेत भारतले असन्तुष्टि जनाएको छ। त्यस्तै हालै मात्र भारतमा भएको अमेरिका भारत अष्ट्रेलिया र भारतको संयुक्त आर्मी तालिम 'कुआद' मा चीनको तिब्र असन्तुष्टि रहँदै आएको छ। 

भारतमा २४ घण्टा मात्रै रहे तालिका रहेपनि भारत र चीन दुवै देशले यसको औपचारिक घोषणा गरेका छैनन्। दुवै देशले नत कुनै औपचारिक घोषणा गरेका छन, नत् त्यहाँका मिडियाहरुमा कुनै जानकारी दिइएको छ।  

भारतमा २४ घण्टा बिताएपछि सीले शनिबार र आइतबार नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको फरेन पोलिसीले जनाएको छ। भारत, नेपाल भ्रमणपछि श्रीलंका जाने तयारिमा रहेका सीले भ्रमणको क्रममा ब्यापार, पूर्वाधार र क्षेत्रीय बैदेशिक नीतिबारे छलफल गर्नेछन। सी ले पहिलोपटक नेपाल भ्रमण गर्न लागेका हुन। उनको भ्रमणपछि सी पछिल्लो २३ बर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बन्नेछन् ।

दक्षिण एसियामा चीनको ब्यापार

दक्षिण एसियाका हरेक देशमा चीनले आफ्ना बस्तु तथा सेवा निर्यात गरिरहेको छ र यसलाई बढाउने रणनीतिमा देखिन्छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved