डुबेको ‘एयर इण्डिया’ लिलामको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 01:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सरकारी  विमान ‘एअर इण्डिया’ लिलाम गरिने भएको छ । भारतीय सञ्चार माध्ययममा आएका समाचार अनुसार भारत सरकारले नोभेम्बरमा लिलामीको आह्वान गर्ने छ । लिलामी आह्वानपछि एयर इण्डियालाई किन्न चाहने कम्पनी वा व्यक्तिले निवेदन दिन सक्नेछन् । 

भारत सरकार एयर इण्डियाको १०० प्रतिशत शेयर बेच्ने तयारीमा छ । एयर इण्डियाका कर्मचारी युनियनले भने लिलामीको प्रस्तावलाई विरोध गरिरहेका छन् । 

करिब ५८ हजार करोड भारु ऋणमा डुबेको एयर इण्डियालाई आर्थिक वर्ष सन् २०१८÷१९मा ८४ अर्ब भारु घाटा भएको थियो । 

अगस्टमा इण्डियन आयल र दुई अन्य तेल कम्पनीले तेलको पुरानो पैसा नदिएको भन्दै एयर इण्डियालाई विभिन्न विमानस्थलमा इन्धन सप्लाई बन्द गरिदिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved