डोनाल्ड ट्रंपको घोषणामा रसियाको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 12:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपको तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा प्रति रसियाले शंका गरेको छ।

रसियाको रक्षा मन्त्रालयले आइतबार एक बिज्ञप्ती जारि गरि अमेरिकाले सिरियामा गरेको 'अप्रेशन' मा बग्दादी मारिएको दाबिमा विश्वसनीय जानकारी नभएको बताएको केहि अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन। 

प्रत्यक्ष सहभागी समुह तथा देशहरुले यस कथित 'अप्रेशन' मा भाग लिने क्रम बढिरहेको छ, पूर्ण विरोधाभासी विवरणसहित प्रत्येकले यसको वास्तविकता र सफलतामा व्यावहारिक प्रश्न र शंका उत्पन्न गर्दछ, मन्त्रालयद्वारा जारि एक विज्ञप्तिमा उल्लेख छ।

इराक र सिरिया क्षेत्रमा 'क्यालिफेट' अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी 'चिच्याउँदै र रुदै मरेको' बताएका छन्। ट्रंपले अमेरिका नेतृत्वको बिशेष अप्रेशनमा बग्दादीले आत्मघाती आक्रमण गरि परिवारका तीन सदस्य सहित 'आत्महत्या' गरेको बताएका छन।

को हुन् बग्दादी ?  

कथित इस्लामिक स्टेट समूहका नेता भनिएका अबु बकर अल-बग्दादी पछिल्लो समय विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्छन्। उनि को हुन् भन्ने बिश्वलाई स्पष्ट जानकारी भने अहिलेसम्म छैन। 

अमेरिकाको व्याख्यामा सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा जन्म भएको बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोहीहुन्।  अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए भनिन्छ। अर्को पक्षले भने सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।     

अमेरिकाले सन् २०११ को अक्टोबरमा बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।



 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved