रुसद्वारा अफ्रिकी देशहरुको २३ खर्ब ऋण रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2019 | 09:28:07 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले अफ्रिकी देशहरुको करिब २३ खर्ब रुपैयाँ बराबरको ऋण रद्द गर्ने भएको छ। अफ्रिका भ्रमणको क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशको २३ खर्ब रुपैयाँ बराबरको ऋण रद्द गर्ने घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन। 

अफ्रिकी महाद्वीपबाट हरीबी हटाउन रुसले २३ खर्ब रुपैयाँ बराबरको अफ्रिकी देशहरुको ऋण रद्द गर्ने निर्णय गरेको जनाइएको छ। 'सबैभन्दा गरिब र अत्यन्तै ऋणी देशलाई सहयोग गर्ने पहलको एक हिस्साका रुपमा हामीले बिभिन्न अफ्रिकी देशहरुको फाइदाका लागि २० अर्ब अमेरिकी डलर भन्दा बढी ऋण रद्द गरेका छौँ' पुटिनको भनाई उदृत गर्दै रुसको मिडिया नाइल पोष्टले लेखेको छ।

अफ्रिकी देशहरुको भ्रमणको क्रममा गुयनाका राष्ट्रपति अल्फा कोन्डेसँगको भेटपछि रुसका राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। रुसका राष्ट्रपति पुटिनले रुसले सन् २०१६ मा अफ्रिकी देशहरुलाई अफ्रिकी एकताको संगठन 'युनाइटेड नेशन्स फूड एण्ड एग्रीकल्चर ऑर्गेनाइजेशन' मार्फत सहयोग स्वरूप करीब ६० करोड बिनियोजन गरेको बताएका थिए।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved