विश्वकै प्रदुषित शहरमा काठमाण्डौ सातौँ स्थानमा, अध्ययन भन्छ-बस्नलाई अयोग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 11:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको राजधानी काठमाण्डौ विश्वकै प्रदुषित शहरको सुचिमा सातौँ स्थानमा परेको छ। विश्वका २९० शहर मध्ये प्रदुषित शहरमा काठमाण्डौ सातौँ स्थानमा परेको एक अध्ययनले देखाएको छ।  

Real time particulate matter of Kathmandu Nepal प्रदुषण सुचकांक नेपालले ९७।७३ अंक पाएको छ। काठमाण्डौ प्रदुषित १० शहरको सुचिमा दर्ज भएको छ।

काठमाण्डौसंगै अफगानिस्तानको काबुल, घानाको एक्क्रा, मसेडोनैयाको तेत्बो, भारतको फरिदाबाद, इजिप्टको कायरो, बंगलादेशको ढाका, मंगोलियाको उलान्बतार, पाकिस्तानको कराची र भारतको गाजियाबाद प्रदुषित शहरको सुचिमा छन। प्रदुषित शहरको पहिलो स्थानमा अफगानिस्तानको काबुल रहेको छ।   

बिश्व स्वास्थ्य संगठन र अन्य संघसंस्थाबाट लिइएको आधिकारिक तथ्यांकको आधारमा प्रदुषित शहरको सुची तय भएको प्रतिबेदनमा उल्लेख छ।  यो सुची पानि र अन्य बिषय भन्दा बायु प्रदुषणलाई आधार मानेर प्रदुषण सूचांक तय भएको जनाइएको छ।

नेपालको वातावरण बिभागकाअनुसार काठमान्डूको मध्य भाग मध्येको रत्नपार्कको प्रदुषण १०३.५  मापन गरिएको छ। यसले काठमाण्डौ बस्नको लागि अयोग्य भएको प्रतिबेदनमा उल्लेख छ। 

air quality index of Ratnapark Kathmandu


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved