महाभियोगको सामना गर्दै राष्ट्र पति डोनाल्ड ट्रंप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 09:46:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी संसद्‍को तल्लो सदनमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग अघि बढाउने प्रस्तावबारे छलफल चलिरहेको छ। त्यसपछि मतदान हुनेछ। तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बन्नेछन्। ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग उनले गरेको कुराकानीबारे संसद्‍ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ। डेमोक्र्याटहरूले अघि बढाएको उक्त प्रस्तावलाई रोक्ने रिपब्लिकनहरूको प्रस्ताव तल्लो सदनले अस्वीकार गरेको थियो।

अहिले सांसदहरूले उक्त प्रस्तावबारे आआफ्ना धारणा राखिरहेका छन्। तल्लो सदनमा प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या विपक्षीसँग छ।अमेरिकामा महाभियोगको पक्षमा प्रदर्शनहरू भएका छन्। तल्लो सदनबाट प्रस्ताव पारित भएपछि त्यो माथिल्लो सदन सिनेटमा जानेछ, त्यहाँ आगामी जनवरी महिनामा सुनुवाइ हुनेछ। तर त्यहाँबाट प्रस्ताव पारित हुन दुई तिहाइ बहुमतको खाँचो पर्छ, जुन विपक्षीहरूसँग छैन। त्यसैले ट्रम्पविरुद्धको महाभियोग प्रमाणित नहुने ठानिन्छ। विगतमा दुईजना राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको थियो। तर कोही पनि महाभियोगबाट हटाइएका छैनन्। 

राष्ट्रपतिलाई तल्लो सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रूपमा बोलाएका थिए। उनी उक्त प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे। तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved