टर्कीका लागि रुसका राजदूत आन्द्रे कार्लोभको गोली हानि हत्या भएको छ । उनको अकंरामा रहेको कला प्रदर्शनीस्थलमा गोली हानी हत्या भएको हो । उनलाई कम्तीमा ८ गोली प्रहार गरिएको थियो ।
गोली प्रहार गर्नेले हत्यापछि 'अल्लाह महान छन्, अल्लाह अकबर, अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स ' भन्दै चिच्याएका थिए । बन्दुकधारी टर्कीका प्रहरी अधिकारी भएको तर उनी त्यस समय ड्युटीमा नरहेको बताईएको छ । आक्रमणकारीलाई अन्य सुरक्षा अधिकारीले गोली हानेर मारिदिएका छन् ।
गोली हान्दै गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नु होस् ।