इराकको अमेरिकी सैन्य अड्डामा फेरि हमला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 10:44:48 AM मा प्रकाशित

laxmi  sunrise bank

इराकको अमेरिकी सैन्य अड्डामा फेरि हमला भएको छ । आइतबार अल–बलादस्थित एयरबेसमा चार वटा रकेट आक्रमण भएको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त आक्रमणबाट चार जना घाइते भएका छन् । इरान र अमेरिकाबीच तनाब बढेपछि अल–बलाद एयरबेस अमेरिकी सेनाले छोडिसकेका छन् ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि आइतबार हमला भएको पुष्टि गर्दै यसबारे अमेरिका आक्रोशित रहेको प्रतिक्रिया दिएका छन् । 

जनवरी ९ मा बगदादको अन्तराष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरी ८० जनाको मृत्यु भएको दाबी गरेको थियो । अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव चुलिँदो छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved